निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन प्रस्तुत
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन प्रस्तुत गरिएको छ ।
निर्वाचन आयोगले आइतबार राष्ट्रपति भवन पुगेर उक्त प्रतिवेदन प्रस्तुत गरेको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए ।
उनका अनुसार, राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन पेस गरेको हो ।
