लागूऔषधसहित हेटौंडाका लामा पक्राउ

तु खबर संवाददाता
२०८० माघ १४, आईतवार १६:३१

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले १२५ ग्राम लागूऔषध अफिमसहित शनिबार साँझ हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ नेवारपानी बस्ने २७ वर्षीय बिशुराज लामालाई पक्राउ गरेको हो ।

लामालाई विशेष सुचनाको आधारमा पुगेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको मकवानपुर प्रहरीले जनाएको छ ।