समुदायमा कांग्रेस अभियानः प्रदेश र जिल्ला नेतालाई जिम्मेवारी दिइयो

तु खबर संवाददाता
२०८० माघ १४, आईतवार १५:१४
file-photo

काठमाडौं । नेपाली कांग्रेसले समुदायमा कांग्रेस अभियान कार्यक्रम अन्तर्गत नेताहरूलाई विभिन्न प्रदेश र जिल्लाको जिम्मेवारी दिएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही माघ १६ गतेदेखि सुरु हुने उक्त अभियानका लागि प्रतिनिधि खटाइएको कांग्रेसले जनाएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार एक सूचना जारी गर्दै अभियानलाई थप प्रभावकारी बनाउन कांग्रेसले फरक–फरक जिल्लामा फरक–फरक समुदायको बिचमा पुग्न र संवाद गर्न नेताहरूलाई खटाएको जानकारी गराए ।

टोलीमा केन्द्रीय नेतृत्वसँगै प्रदेशले तोकेका पदाधिकारीहरू पनि सरिक रहनेछन् ।

उक्त अभियानमा माघ १६ गते सहिद दिवसदेखि २६ गते सुशील कोइराला स्मृति दिवससम्म जिल्लामा रहनेछ ।