पाँच जना जुवाडे प्रहरीको नियन्त्रणमा

तु खबर संवाददाता
२०८० माघ १४, आईतवार १५:०६
file-photo

काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट शनिबार पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने ३९ वर्षीय चतुरमान तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले तामाङसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले नगद ३२ हजार ६ सय ८० रुपैयाँ र ३ बुक ताससहित नियन्त्रणमा लिएको हो ।

प्रहरीको नियन्त्रणमा रहेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।