सामूहिक हत्या प्रकरणका फरार अभियुक्त पक्राउ
विराटनगर । संखुवासभाम हत्या प्रकरणमा फरार एक महिला २० वर्षपछि पक्राउ परेका छन् ।
संखुवासभामा २०६० सालमा दुई जना पुरुषको सामूहिक हत्या प्रकरणका फरार अभियुक्त चैनपुर नगरपालिकाकी ३५ वर्षीया कैली तामाङ २० वर्षपछि पक्राउ परेकी हुन् ।
उनलाई प्रहरीले मोरङबाट पक्राउ गरेको हो । केराबारी गाउँपालिका–१० स्थित मोहन नेपालको घरबाट तामाङलाई बुधबार पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई संखुवासभास्थित इलाका प्रहरी कार्यालय चैनपुरको जिम्मा लगाइएको मोरङ प्रहरी प्रहरीले जना्एको छ ।
आठ जना मिलेर दुई जना पुरुषको सामूहिक हत्या गरेको जाहेरी परेको थियो । घटनामा संलग्न तामाङलाई अदालतले २०६६ साल फागुन १२ गते २० वर्षको कैद सजायको फैसला सुनाएको थियो । उनी फरार रहँदै आएकी थिइन् ।
