घुससहित सहायक वन अधिकृत पक्राउ

तु खबर संवाददाता
२०८० माघ १२, शुक्रबार ०९:०९
सांकेतिक तस्बिर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार घुससहित सहायक वन अधिकृतलाई पक्राउ गरेको छ ।

अख्तियारले घुस रकमसहित बाँकेको सब–डिभिजन वन कार्यालय राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्देलाई पक्राउ गरेको हो ।

अख्तियारका अनुसार, काठ चिरानको लागि सिफारिस गरिदिने भन्दै सात हजार रुपैयाँ घुस लिइसकेको र बाँकी ४५ हजार ९७५ स्रोत नखुलेको रकमसहित उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।