३ जना असइसहित २४ प्रहरी सम्पर्कविहीन

तु खबर संवाददाता
२०८० माघ १०, बुधबार ०९:३०
file-photo

काठमाडौं । नेपाल प्रहरीका विभिन्न पोष्टमा कार्यरत २४ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।

प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै ३ जना असइसहित २४ जना प्रहरी सम्पर्कविहीन भएको जानकारी गराएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार, उनीहरु गत भदौदेखि गैरहाजिर भएका हुन् ।

जारी सूचनामा गैरहाजिर भएका २४ जनालाई नै सात दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन भनिएको छ ।

सो अवधिमा नआए सेवाबाट हटाउने प्रक्रिया सुरु हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।