नापी सर्वेक्षकसहित ३ जना तीन जना पक्राउ

तु खबर संवाददाता
२०८० माघ १०, बुधबार ०८:४४
सांकेतिक तस्बिर

ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख ५० हजार रुपैयाँ घुस रकमसहित तीन जनालाई पक्राउ गरेको छ ।

आयोगले मंगलबार नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई रंगेहात पक्राउ गरेको हो ।

आयोगले गरेको स्टिङ अपरेसनमा नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई उक्त घुस रकमसहित नापी कार्यालय परिसरबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।