नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाने पक्राउ

तु खबर संवाददाता
२०८० माघ ८, सोमबार १५:०२
सांकेतिक तस्बिर

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा सोमबार एक जना पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा चिकित्सक शम्वुद्ध भट्टाचार्य रहेका छन् । डा. भट्टाचार्यलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, भट्टाचार्यलाई धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ गरिएको हो । प्रहरीले उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि बरामद गरेको छ ।

उनले भारतबाट एमबीबीएस उतीर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरेको र त्यही आधारमा नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण भएको प्रहरीले जनाएको छ ।