वाइसीएल हेटौंडा उपमहानगरको नेतृत्वमा उप्रेती
मकवानपुर । योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) हेटौंडा उपमहानगर कमिटिको दोश्रो नगर सम्मेलन शनिबार हेटौंडा सम्पन्न भएको छ । सम्मेलनले मदन उप्रेतीको अध्यक्षतामा ३९ सदस्यीय नगरकमिटी सर्वसम्मत् चयन गरेको छ ।
कमिटिको उपाध्यक्षमा निलम्वर सापकोटा र विकास अधिकारी, सचिवमा रोयल बानियाँ, सह–सचिवमा दिवश लामा र समन गौतम, कोषाध्यक्षमा हिरा पुलामी चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा समर न्यौपाने, लक्ष्मण छत्कुली, सन्तबहादुर थापा, रोहित गुरुङ, हस्तबहादुर माझी, विकल गुरुङलगायत ३९ सदस्यीय कमिटी चयन भएको हो ।
सम्मेलन वाइसीएल केन्द्रीय महासचिव गणेश शाहीको प्रमुख आतिथ्यतामा भएको हो । सम्मेलनमा माओवादी केन्द्र बागमती प्रदेश कमिटी उपाध्यक्ष प्रेम बहादुर पुलामी, विशेष प्रदेश कमिटि उपाध्यक्ष प्रकाशचन्द्र पाण्डेलगायत विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
