कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

तु खबर संवाददाता
२०८० मंसिर २९, शुक्रबार ०८:५५
file-photo

काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो सवा १२ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार महासमिति बैठकको तयारी, समसामयिक राजनीति र जाजरकोट भूकम्प बैठकका मुख्य एजेण्डा छन् ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको छ ।