प्रहरीद्वारा १४ जुवाडे पक्राउ
काठमाडौं । काठमाडौंको विभिन्न स्थानबाट प्रहरीले १४ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको टोखा नगरपालिका र काठमाडौं महानगरपालिकाको विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले टोखा नगरपालिका–३ भत्केको पुलस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले तार्केश्वर नगरपालिका–७ बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका–१२ घर भएका ५५ वर्षीय अच्युत सिलवालसहित ९ जनालाई सोमबार साँझ पक्राउ गरेको हो ।
उनीहरुलाई प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट नगद ६१ हजार ५ सय ९५ रुपैयाँ र ३ बुक तास बरामद गरेको छ ।
यस्तै, प्रहरीले काठमाडौं महानगरपालिका–३ महाराजगंजस्थित टिनको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई सोमबार राति पक्राउ गरेको छ । प्रहरीले काठमाडौं चक्रपथ बस्ने काभ्रे घर भएका ६० वर्षीय ओम कृष्ण श्रेष्ठसहित ५ जनालाई पक्राउ गरेको हो ।
उनीहरुलाई प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट नगद ४८ हजार ५ सय ६० रुपैयाँ र ३ बुक तास बरामद गरेको छ ।
प्रहरीले दुबै घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
