कुटपिट गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

तु खबर संवाददाता
२०८० मंसिर १८, सोमबार ०९:२६

बाग्लुङ । बाग्लुङमा आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ ।

५० वर्षीया सितली शाहीको हत्या गरेको आरोपमा प्रहरीले आइतबार बिहान बागलुङ नगरपालिका–१३ सल्यान बस्ने हरि सिंह नेपालीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, हरिले घरायसी विवादको क्रममा कुटपिट गर्दा सिलती गम्भीर घाइते भएकी थिइन् ।

कुटपिटबाट गम्भीर घाइते भएकी उनलाई इलाका प्रहरी कार्यालय बलेवाबाट खटिएको प्रहरीले उद्दार गरी उपचारको लागि धौलागिरि अस्पताल बागलुङ पठाएकोमा मृत्यु भएको हो ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।