लागूऔषधसहित हेटौंडाबाट युवक पक्राउ

तु खबर संवाददाता
२०८० मंसिर १४, बिहीबार १०:५२
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित बुधबार एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ चुरियामाईबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले बारा सिमरा जितपुर उपमहानगरपालिका वडा नम्वर २२ बस्ने २० वर्षीय आकाश योन्जनलाई पक्राउ गरेको हो ।

विरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३ ००१ ग ०२८५ नम्बरको माईक्रो बस चेकजाँचको क्रममा उक्त माईक्रोमा सवार योन्जनको साथबाट १५ ट्याब्लेट लागूऔषध नाईट्रोभेट बरामद भएपछि निजालाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवशयक अनुसन्धान गरिरहेको जनाइएको छ ।