कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठक आह्वान गरिएको छ ।
सभापति शेरबहादुर देउवाले आफ्नै निवास धुम्बाराहीमा बस्ने गरी पदाधिकारी र पूर्व पदाधिकारी बैठक आह्वान गरेका हुन् ।
सो बैठकमा महासमिति बैठकको तयारी र विभाग गठनका विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
