बल्खुबाट स्रोत नखुलेको लाखौँ रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ
काठमाडौं । प्रहरीले स्रोत नखुलेको लाखौँ रकमसहित काठमाडौं महानगरपालिका–१४ बल्खुबाट आइतबार एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीले स्रोत नखुलेको रकम १५ लाख ८४ हजार ५०० रुपैयाँसहित सतुङ्गल डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २२ वर्षीय हामित खानलाई पक्राउ गरेको जनाएको छ ।
उनलाई प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, बा.प्र०२–१७ प ९७५१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त रकमसहित पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
