तीनकुनेबाट पक्राउ परेका अधिकांश व्यक्ति रिहा
काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी हुन आएको आरोपमा शुक्रबार काठमाडौंको तीनकुनेबाट पक्राउ परेका अधिकांश व्यक्ति रिहा भएका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को प्रदर्शनमा सहभागी हुन पुगेका उनीहरुलाई पक्राउ गरिएको थियो ।
प्रदर्शन स्थलबाट पक्राउ परेकामध्ये २६१ जनालाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीका अनुसार, पक्राउ परेकामध्ये पूर्व राजाका समर्थक ५ जनालाई भने मुद्दा चलाउने भएको छ ।
प्रदर्शनमा खटिएका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का, मुनेन्द्र राजभण्डारी, अनुपविक्रम शाही, सतिश न्यौपाने र आवास खड्कालाई प्रहरीले मुद्दा लगाउने निर्णय गरेको हो ।
