८ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । तिहार र छठपछि सातामा जम्मा ४ दिन खुलेको सेयर बजारमा ८ अंकले नेप्से सूचक बढेको छ ।
छठपछि मङ्सिर ४ गते (सोमबार) देखि मंसिर ७ गते (बिहीबार) सम्म खुलेको बजारमा नेप्से सूचक ८.१२ अंकले बढ्दै १८६०.२० अंकमा रोकिएको हो ।
गत कात्तिक २३ गते ११.८५ अंकले नेप्से सूचक घट्दै १८५२.०८ अंकमा राकिएको शेयर बजार १० दिनपछि सोमबारबाट खुलेको हो ।
सो साता ८.१२ अंकले नेप्से बण््दा ४ अर्ब २८ करोड १५ लाख ६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको जनाइएको छ ।
