राप्रपाको केन्द्रीय समिति बैठकको मिति तय
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठकको लागि मिति तय भएको छ ।
पार्टीको बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले आगामी पुस १ गतेदेखि ३ गतेसम्म केन्द्रीय कार्यसमिति बैठक आह्वान गर्ने निर्णय गरेको हो ।
बैठकपछि जारी विज्ञप्तिमा पार्टी विधानमा भएका केही अस्पष्टता र विधान कार्यान्वयनमा देखिएका जटिलताको पुनरावलोकन गर्न सल्लाहकार समितिका संयोजक निरञ्जन थापाको संयोजकत्वमा रहेको विधान मस्यौदा समितिलाई जिम्मेवारी दिएको उल्लेख छ ।
समितिलाई अर्को बैठकमा प्रतिवेदन पेस गर्न जिम्मेवारी दिएको छ ।
साथै राप्रपाले जाजरकोट भूकम्प र सङ्कटमा सरकारी राहत, उद्धार र पुनर्निर्माण छलफल गर्न सर्वदलीय बैठक बोलाउनसमेत प्रधानमन्त्रीसँग माग गरेको छ ।
