लागूऔषधसहित हेटौंडाबाट दुई नाबालक पक्राउ
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले भारत गान्धिनगर–८ बस्ने १७ वर्षीय र वीरगञ्ज महानगरपालिका मेडिकल कलेज बस्ने १६ वर्षीय दुई नाबालकलाई पक्राउ गरेको हो ।
उनीहरुलाई लागूऔषध ओनरेक्स ४५ बोत्तलसहित पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार, हेटौंडातर्फ आउँदै गरेको भारतीय नम्बरको विआर ०६ एम ८५०७ नम्बरको मोटरसाइकलमा सवार दुई बालकलाई चेकजाँच गर्ने क्रममा सो परिमाणको लागूऔषध बरामद भएको हो ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
