कांग्रेस बागमती प्रदेशको प्रमुख सचेतकमा गोविन्द लम्साल

तु खबर संवाददाता
२०८० कार्तिक २०, सोमबार १६:०३

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशको प्रमुख सचेतकमा गोविन्द लम्साल नियुक्त भएका छन् ।

लम्साललाई कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामाले पार्टीको विधान बमोजिम प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

सो बारेमा सोमबार लम्साल आफैले बागमती प्रदेश सभा सचिवालयमा जानकारी गराएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रमुख सचिव खड्काका अनुसार, नियुक्त प्रमुख सचेतक लम्सालले प्रदेश सभाको सचिवालयमा आज आफै उपस्थित भई दलको नियुक्ती पत्र दर्ता गराएका हुन् ।

यसअघि नियुक्त भएका बागमती प्रदेश सभा सदस्य कुन्दन राज काफ्लेले केही हप्ता अघि मात्र कांग्रेस संसदीय दलका नेता लामालाई राजीनामा पत्र बुझाएका थिए । काफ्लेले राजीनामा दिएसँगै रिक्त रहेको थियो ।