कांग्रेसले बोलायो कार्य सम्पादन समितिको बैठक
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
बैठक आज बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवा निवासमा बस्ने गरी बोलाइएको हो ।
उक्त बैठकमा जाजरकोटमा शुक्रबार राति गएको भुकम्पको क्षति, राहत र उद्धारलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्य सहभागी हुनेछन् ।
