नक्कली पेस्तोल देखाएर धम्की दिने हेटौंडाका युवक पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले नक्कली पेस्तोल देखाएर धम्की दिएको आरोपमा बिहीबार एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नं.१५ शिखरपानी बस्ने १९ वर्षीय साजन स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, स्याङताले शिखरपानी क्षेत्रमा प्यास्टिकको नक्कली पेस्तोल देखाएर धम्की दिएका थिए ।
उनलाई उक्त पेस्तोलसहित नियन्त्रणमा लिई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
