कोशी प्रदेश सभाको बैठक यही कात्तिक २० गते बस्ने गरी आह्वान
विराटनगर । कोशी प्रदेश सभाको बैठक यही कार्तिक २० गते बस्ने गरी आह्वान गरिएको छ ।
गत कार्तिक १ गते अनिश्चितकालका लागि स्थगित भएको प्रदेश सभा २० गते सोमबार बस्ने गरी आह्वान गरिएको हो ।
प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले एक सूचना जारी गर्दै सो बारे जानकारी गराएका हुन् ।
