जबरजस्ती करणी गरेको आरोपमा पक्राउ
मकवानपुर । प्रहरीले विभिन्न स्थानबाट जरजस्ती करणी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले बर्दिया र झापाका विभिन्न स्थानबाट दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीले बर्दियाबाट १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा मंगलबार एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१२ कालीनगर बस्ने २८ वर्षीय मदन थारु रहेका छन् ।
सोमबार राति ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै, प्रहरीले झापाबाट ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–४ वडावारी तामाङ बस्ती बस्ने ४५ वर्षीय डिल्ली कुमार श्रेष्ठ रहेका छन् ।
ती बालिकालाई सोमबार राति घरमा कोही नभएको अवस्थामा श्रेष्ठले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ती दुवै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
