लागूऔषधसहित चार जना पक्राउ

तु खबर संवाददाता
२०८० कार्तिक १५, बुधबार १५:३०

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको छ । प्रहरीले बाँके र कैलाली गरी दुई छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले बाँकेको कोहलपुर नगरपालिका–१५ चन्दहवाबाट ४ ग्राम २ सय मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले सोही ठाउँ बस्ने १९ वर्षीय अनुप थारुलाई पक्राउ गरेको हो । उनलाई ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले हो ।

यसैगरी, बाँकेको राप्तीसोनारी गाउँपालिका–६ मैमानपुरबाट ८ ग्राम ५ मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुम नरैनापुर गाउँपालिका–३ बालापुर बस्ने २० वर्षीय हसिब खाँ र २० वर्षीय सैबाज खाँ रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज समेतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, भे.प २७७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट प्रहरीले सो परिमाणको लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरिएको हो ।

यसैगरी, कैलालीको टीकापुर नगरपालिका–८ खक्रौलाबाट ५ ग्राम ४ सय ४० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत लखिमपुर खिरी तिकुनिया ठाना ईन्द्रनगर बस्ने ३५ वर्षीय प्रेम सिंह रहेका छन् ।

यूपी ३१ बीवाई २७२८ नम्बरको मोटरसाइकलमा सवार उनलाई ईलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।