कतारका राजा नेपाल आउँदै
काठमाडौं । कतारका राजा शेख तामिम विन हमद अल थानी नेपाल आउने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले कतारका राजा छिट्टै नेपाल भ्रमणमा आउने जानकारी गराएका हुन् ।
नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रमको क्रममा बोल्दै प्रधानमन्त्री प्रण्चडले सो बारे जानकारी गराएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस फर्किएलगत्तै कतारका राजा नेपाल भ्रमणमा आउने बताए ।
महासचिव गुटेरेस नेपाल भ्रमणमा रहँदा जलवायु परिवर्तनसम्बन्धी सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।
