राष्ट्रिय सभा बैठक मंगलबारका लागि आह्वान
काठमाडौं । राष्ट्रिय सभाको बैठक मंगलबारका लागि आह्वान गरिएको छ । राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले एक सूचना जारी गर्दै सो बारे जानकारी गराएका हुन् ।
जारी सूचना अनुसार, राष्ट्रिय सभाको बैठक यही कातिक १४ गते मंगलबार अपरान्ह ४ बजेर ४६ मिनेटमा बस्ने गरी आह्वान गरिएको हो ।
यसअघि असोज ३० गते बस्ने तय भएको बैठक २९ गते स्थगित भएको थियो ।
