हेटौंडाबाट ९ जना जुवाडे पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले बिहीबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ देवी वन टोलबाट ९ जना जुवाडेलाई पक्राउ गरेको छ ।
प्रहरीले स्थानीय गोकुलनाथ पौडेलको घरमा हार जित हुने गरी जुवातास खेलिरहेको अवस्थामा नगदसहित ९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका–८ बस्ने अजय खड्का, हेटौंडा–७ बस्ने रुपक चौलागाईँ , हेटौंडा–७ बस्ने बिरेन्द्र खत्री, हेटौंडा–८ बस्ने मंदिप पौडेल, हेटौंडा–१५ बस्ने ओम घलान, हेटौंडा–७ बस्ने गोकुल नाथ पौडेल, हेटौंडा–८ बस्ने रोहित कुमार के.बी., हेटौंडा– ८ बस्ने भरत तितुङ र हेटौंडा– ७ बस्ने सबिन चौलागाईँ रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट नगद ४ लाख ६५ हजार ३९० रुपैयाँ र ४ चार बुक तास बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुमाथि प्रहरी आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
