सुनको मूल्यमा नयाँ रेकड, कतिमा कारोबार हुँदैछ आज ?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ उचाइ कायम गर्दै गएको छ । दसैं अगाडिको अन्तिम दिन अर्थात आज सुनको भाउ अहिलेसम्मकै उच्च पुगेको हो ।
शुक्रबार छापावाल सुन तोलाको १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन प्रतितोला १ लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४ सय पुगेको छ । यसअघि बिहीबार प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
