लागूऔषधसहित मकवानपुरका बल पक्राउ

तु खबर संवाददाता
२०८० कार्तिक १, बुधबार १५:४६
सांकेतिक तस्बिर

काठमाडौं । नेपाल प्रहरीले लागूऔषधसहित मंगलबार दिउँसो काठमाडौंबाट एक जना युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ मातातीर्थबाट अवैध लागूऔषध गाँजाको धुलो ३ किलोसहित मकवानपुरका एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–९ घर भएका २२ वर्षीय श्रीकृष्ण बल रहेका छन् । प्रहरी चौकी माथातीर्थबाट खटिएको प्रहरीले बा.प्र ०२–०१९ प ९६०० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।