बालिका बलात्कार आरोपमा पुरुष पक्राउ
काठमाडौं । प्रहरीले झापाबाट बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–५ आमबाडी घर भएका ५५ वर्षीय फुलसिंह ताजपुरिया रहेका छन् ।
झापा प्रहरीका अनुसार, ताजपुरियाले ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । घर नजिकै खेलिरहेकी बालिकालाई उनले धानबारीमा लगेर बलात्कार गरेका हुन् ।
पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।
