भन्सार छलीको कारसहित एक जना पक्राउ
सुर्खेत । भन्सार छलेर ल्याइएको कारसहित सुर्खेतबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–६ बस्ने दिनेश बस्याल रहेका छन् ।
बा १८च २७२२ नम्बरको कार भन्सार छलेर ल्याएको बस्याललाई प्रहरीले आफ्नै घर अगाडि उक्त कार चलाइरहेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीले कारसहित बस्याललाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज पठाइएको छ ।
