कांग्रेस कोशी संसदीय दलका नेता थापाले दिए राजीनामा

तु खबर संवाददाता
२०८० आश्विन २७, शनिबार १६:१९

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले पदबाट राजीनामा दिएका छन् ।

थापाले शनिबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

संसदीय दलका नेता थापाले पदबाट राजीनामा दिएको कांग्रेसका कोशी प्रदेश सांसद शमशेर राईले जानकारी दिए ।

नेता कार्कीले दल र पार्टीको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै राजीनामा दिएको बताइएको छ ।