राष्ट्रिय सभा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन
काठमाडौँ । राष्ट्रिय सभाले राष्ट्रिय सभा नियमावली २०७५ संशोधन गर्नका लागि मस्यौदा समिति गठन गरेको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकबाट १२ सदस्यीय मस्यौदा समिति गठन गरिएको हो ।
समिति सदस्यहरुमा क्रमशः अनिता देवकोटा, खिमलाल देवकोटा, जितेन्द्रनारायण देव, तुलप्रसाद विश्वकर्मा र दिलकुमारी रावल थापा पार्वती रहेका छन् ।
त्यसैगरी, भैरवसुन्दर श्रेष्ठ, मदनकुमारी शाह गरिमा, महेशकुमार महरा, मोहम्मद खालिद, डा.विमला राई पौड्याल, शेखरकुमार सिंह र सुरेशकुमार आले मगर पनि मस्यौदा समितिमा रहेका छन् ।
समितिले सदस्यहरु मध्येबाट एकजना सभापति चयन गर्ने तथा समिति आफैँले कार्यविधि बनाउने बताइएको छ । सो मस्यौदा समितिलाई आगामी पुष १४ गते सम्मको कार्यावधि दिइएको छ ।
