बागमती प्रदेश सभा बैठक सुरु
मकवानपुर । बागमती प्रदेश सभा बैठक सुरु भएको छ । अपराह्न ४ बजे बस्ने गरी आहवान गरिएको प्रदेश सभा बैठक झण्डै २ घण्टा ढिला गरी केहीबेर अघिबाट सुरु भएको हो ।
बैठकमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रदेश मामिला समितिद्वारा तयार पारेको प्रतिवेदन पास गर्ने लक्ष्य रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
यसअघि आइतबार बसेको प्रदेश सभा बैठकमा प्रदेश मामिला समितिका जेष्ठ सदस्य शिवराज अधिकारीले उक्त विधेयकको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
उक्त बैठकमा विभिन्न समितिबाट पारित गरी पठाइएको विधेयक छलफलको लागि पेश गर्ने तयारी गरिएको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ ।
आजको बैठकमा शून्य समय र विशेष समय नरहने प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।
