लोसपाको पदाधिकारी बैठक बस्दै

तु खबर संवाददाता
२०८० आश्विन १६, मंगलवार १०:३०
file-photo

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको पदाधिकारी बैठक आज बस्ने भएको छ । पदाधिकारीसहितको केन्द्रीय समिति सार्वजनिक भएपछि पहिलो बैठक बस्न लागेको हो ।

६३ जना पदाधिकारीको सहभागिता रहेको उक्त बैठक बुद्धनगरको एक पार्टी प्यालेसमा बस्न लागेको हो ।

लोसपाले असोज ८ गते ३११ सदस्यीय कार्य समिति सार्वजनिक गर्दा त्यसमा ६३ जना पदाधिकारी छन् । ६३ जनामा १६ जना महासचिव नै रहेका छन् ।

केन्द्रीय समितिमा एक जना अध्यक्षसहित तीन जना वरिष्ठ नेता, एक जना वरिष्ठ सहअध्यक्ष, छ जना वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष मात्र १५ जना सहमहासचिव आठ जना, सचिव ११ जना, कोषाध्यक्ष दुई जना, प्रवक्ता एक जना, र सह कोषाध्यक्ष एक जना रहेका छन् ।