आज मधेस प्रदेशमा सार्वजनिक विदा

तु खबर संवाददाता
२०८० आश्विन ११, बिहीबार ०८:२६

जनकपुरधाम । मधेस प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ । मुस्लिम समुदायको विशेष पर्व ‘पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो ।

मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तमप्रसाद खरेलले बुधबार एक सूचना जारी गर्दै सो बारे जानकारी गराएका हुन् ।

मन्त्रीपरिषद् बैठकले गरेको निर्णय अनुसार बिहीबार मधेस प्रदेशमा सार्वजनिक विदा दिएको उनले बताए ।