राष्ट्रिय सभा बैठक सर्यो
काठमाडौं । यही असोज १२ गते बस्ने गरी अँवहान गरिएको राष्ट्रिय सभा बैठक सरेको छ ।
बैठक असोज १८ गतेसम्मका लागि सरेको सङ्घीय सांसदका महासचिव डा.भरतराज गौतमले जानकारी दिए ।
उनका अनुसार, १२ गतेको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले दिन र समय परिवर्तन गरिएको हो ।
