कांग्रेस संसदीय दलको बैठक आह्वान

तु खबर संवाददाता
२०८० आश्विन ९, मंगलवार ०९:५७
file-photo

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आह्वान गरिएको छ । बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्ने गरी आह्वान गरिएको हो ।

बैठकमा प्रतिनिधि सभामा विचाराधीन विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे छलफल हुने भएको छ ।

संघीय संसद् (राष्ट्रिय सभा र प्रतिनिधि सभा) का सदस्य, विषय विज्ञ र सरोकारवाला निकायबीच छलफल तथा अन्तरक्रिया गर्ने कांग्रेसको तयारी रहेको छ ।