कांग्रेस केन्द्रीय बैठक सोमबार फेरि बस्ने

तु खबर संवाददाता
२०८० आश्विन ७, आईतवार १५:२२
file-photo

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सोमबार पनि जारी रहने भएको छ ।

आइतबारको केन्द्रीय समिति बैठकमा ३२ जना केन्द्रीय सदस्यहरुले धारणा राखेसँगै सो दिनको बैठक सकिएको छ । तर, बोल्ने नेताहरु अझै बाँकी रहेपनि बैठक सोमबार पनि निरन्तर रहने भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी कार्यालय सानेमा असोज ४ गतेदेखि जारी रहेको छ
सोमबारको बैठक बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपा मै बस्ने मुख्य सचिव पौडेलले बताए ।