शिक्षा विधेयक संशोधन गर्न पहल गर्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयक संशोधन र परिमार्जन गर्न पहल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव सुनाउँदै विद्यालय शिक्षा विधेयकबारे पार्टीको धारणा सार्वजनिक गरेका हुन् । शर्माका अनुसार कांग्रेसले सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिलाई सकारात्मक रूपमा लिएको छ ।
साथै विधेयकले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्न लगायतको संविधानको मर्मलाई पूर्णरुपमा आत्मसात गर्न नसकेको कांग्रेसले जनाएको छ । महामन्त्री शर्माले विद्यालय शिक्षक र विद्यालय कर्मचारीको जायज र उपयुक्ति मागलाई सम्बोधन गर्न नसकेको बताए ।
कांग्रेसले विद्यालयको पठनपाठन सहज ढंगले हुने वातावरण निर्माण गर्न पनि अपिल गरेको छ ।
