कांग्रेसले भदौ १६ र १७ गते प्रदेश सभापतिको भेला गर्दै

तु खबर संवाददाता
२०८० भाद्र ६, बुधबार १८:०२
file-photo

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सभापतिहरुको भेला आयोजना गर्ने भएको छ । कांग्रेसले यही भदौ १६ र १७ गते पोखरामा भेला गर्न लागिएको हो ।

सभापति शेरबहादुर देउवासहित केन्द्रीय तहका शीर्ष नेताहरु भेलामा सहभागी हुने गण्डकीका प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिए ।

उनका अनुसार, १६ गते उद्घाटन र १७ गते बन्द सत्र हुने सम्मेलनमा प्रदेशका कांग्रेस पदाधिकारीहरु पनि सहभागीता रहनेछन् ।