प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको हो ।
उक्त बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।
त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र तथा विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
