साँझ ७ बजेलाई सर्यो सर्वदलीय बैठक
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आह्वान गरेको सर्वदलीय बैठक साँझ ७ बजेका लागि सारिएको छ ।
सुर्खेतमा रहेका प्रधानमन्त्री प्रचण्ड आउने ढिलाई हुने भएपछि ४ बजेका लागि आह्वान गरिएको सर्वदलीय बैठक ७ बजेलाई सारिएको हो ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका प्रतिनिधिहरूको सहभागी रहनेछ । आइतबार बसेको बैठककै निरन्तरता आजको बैठकमा रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा समिति गठनको माग गर्दै गत साउन १० गतेदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।
