राष्ट्रिय दलको बैठक आज पनि बस्ने तय
काठमाडौं । संसद् अवरोध खुलाउने प्रयासस्वरुप राष्ट्रिय दलको बैठक आज पनि बस्ने भएको छ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने तय भएको माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
बैठक बस्ने भनिएको पनि समय भने नतोकिएको छैन । यसअघि आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नआएपछि सामान्य छलफल मात्रै भएको थियो ।
बैठक संसद् खुलाउने विषयमा सम्पूर्ण दल एकमत रहेको र यसबारेमा प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँगपनि छलफल गरेर निचोडमा पुग्न आजका लागि अर्को बैठक बोलाइएको माओवादीका प्रमुख सचेतक पाण्डेले बताए ।
सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समितिको माग गर्दै गत साउन १० गतेदेखि एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ ।
