आइतबार बोलाइएको प्रतिनिधि सभा स्थगित, भदौ ५ गते बस्ने

तु खबर संवाददाता
२०८० भाद्र ३, आईतवार १५:१९
file-photo

काठमाडौं । संघीय संसद् अन्तर्गत आइतबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्ने भएपछि आज अपराह्न १ बजे बस्ने गरी आह्वान गरिएको प्रतिनिधि सभा बैठक स्थगित गरिएको हो ।

प्रतिनिधि सभाको अर्को बैठक यही भदौ ५ गते अपराह्न ३ बस्ने बस्ने गरी आह्वान गरिएको छ । नेकपा एमालेले सुन प्रकरणको छानबिन गर्न समिति गठन गर्नुपर्ने माग राख्दै संसद् अवरुद्ध गर्दै आएको छ ।

आइतबार बिहान संसद्को अवरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । तर, सत्तापक्ष र प्रतिपक्षले अडान नछोड्दा सहमति जुट्न नसकेको स्रोतले जनाएको छ ।