कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

तु खबर संवाददाता
२०८० श्रावण २८, आईतवार ०९:०५
file-photo

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । शुक्रबारदेखि सुरु भएको बैठक आज पनि बस्ने भएको हो ।

बैठक मध्याह्न साढे १२ बजे संघीय संसद भवनको तोत्से हलमा बस्ने भएको हो । शुक्रबारको बैठकमा १९ जनाले आफ्नो धारणा राखेका थिए ।

बैठकमा संसदको गतिरोध, कांग्रेसको भूमिका र जनजीविकाका विषयमा छलफल रहेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।

शुक्रबारको बैठकले बाढी पहिरोको प्रकोप, डेंगु र आँखा पाक्ने रोग, लम्पी स्किन नियन्त्रण गर्न सरकारसँग माग गरेको थियो । साथै सुनील शर्मा पक्राउबारे पनि छलफल भएको थियो ।