राष्ट्रिय सभाको बैठक साउन ३१ गतेसम्मका लागि स्थगित

तु खबर संवाददाता
२०८० श्रावण २६, शुक्रबार १७:५३
file-photo

काठमाडौं । राष्ट्रिय सभाको बैठक साउन ३१ गतेसम्मका लागि स्थगित भएको छ । शुक्रबार ११ बजे बसेको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेले तस्करीको सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै अवरोध गरेपछि बैठक स्थगित भएको हो ।

एमालेले गरेको बैठक अवरोधको विरोधमा सत्तापक्षका सांसदहरु पनि उभिएका थिए । बैठकको आकस्मिक समयमा सांसदहरुले आफ्नो भनाई राखेपछि बैठक अवरुद्ध भएको थियो ।

बैठक प्रारम्भ भएको १० मिनेट सत्तापक्ष र प्रतिपक्षका सांसदहरु बैठकमा उभिएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा बैठक स्थगित गरेका हुन् ।