अवरोधपछि शुक्रबारको प्रतिनिधि सभा पनि स्थगित
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि शुक्रबारको प्रतिनिधि सभा बैठक पनि स्थगित भएको छ ।
शुक्रबार अपराह्नका लागि आह्वान गरिएको प्रतिनिधि सभा प्रारम्भ भएको १५ मिनेटपछि सभामुख देवराज घिमिरेले साउन २९ गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् ।
बैठक प्रारम्भ हुने बित्तिकै एमाले सांसदहरु उठेर विरोध गरेपछि सभामुख घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिएका थिए ।
तर, सांसद साहले बोल्न थालेपछि सत्तापक्ष सांसदहरु उभिएर बैठक अवरुद्ध गरेका थिए । हो–हल्लाका बीच सांसद साहले आफ्नो भनाई राखेपछि एमाले सांसदहरु नाराबाजी गर्दै सभामुखको आसन घेर्न पुगेका थिए । उक्त अवरोधपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।
